चीन, ८ माघ – उत्तरी चीनको हेवेई प्रान्तमा ‘बिषाक्त खाना’ खाएर विरामी परेको शङ्कामा ९० जना पूर्वप्राथमिक विद्यालयस्तरका बालबालिकालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले सोमबार जनाएको छ लिङशाओ काउन्टीको प्रान्तीय राजधानीमा रहेको एक निजी विद्यालयमा शिशुहरूले दिउसोको खाना खाएपछि बिरामी परेका थिए शिशुहरूको स्वास्थ्य निगरानी तथा उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । उनीहरूको खानामा भूलबस नियमित नूनको सट्टामा नाइट्राइट धुलो परेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अस्पतालले बताएको छ स्थानीय स्वस्थ्य, शैक्षिक, सार्वजनिक सुरक्षा तथा बजार अनुगमन विभागले घटनाबारे थप अनुसन्धान अघि बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया