ह्यारी केन चार महिना मैदान बाहिर रहने

एजेन्सी । टोटेनहमका फरवार्ड ह्यारी केन चार महिना मैदान बाहिर रहने भएका छन् ।

केनको ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने टोटेनहमले बताएको छ । केन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए ।

ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदान फर्कने कुनै निश्चित समय तोकिएको छैन । तर क्लबले उनलाई सल्यक्रिया आवश्यक रहेको भन्दै करिब चार महिना समय लाग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?