काठमाडौं । नेपालको प्रमुख तथा महत्वपुर्ण नगदेवालीका रुपमा हेरिने अलैँचीको व्यापार बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्मको ५ महिनाको अवधीमा २३ लाख १६ हजार ८ सय ८७ किलो अलैँची नेपाल बाट विभिन्न मुलुकमा निर्यात भएको छ । जसबाट १ अर्ब ८६ करोड बराबरको आम्दानी भएको तथ्यांकले देखाएको छ । भने साउनदेखि कात्तिकसम्ममा १९ लाख २३ हजार ५ सय ५७ किलो अलैंची विभिन्न मुलुकहरुमा निर्यात भएको छ । जसबाट १ अर्ब ५४ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको थियो । यसलाई मुृल्यांकन गर्दा साउनदेखि कात्तिकसम्मको तुलनामा करिव २१ प्रतिशतले अलैंची भित्रिएको हो ।
अलैंची व्यवसायीहरुका अनुसार गत वर्ष ५ हजार ५ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो । हालसम्म नेपालमा करिब १४ देखि १५ हजार हेक्टरमा अलैंची उत्पादन गर्दै आएको छ । उत्पादित अलैंची भारत, चीन, कतार, युएई लगायत देशहरुमा अलैंची निर्यात हुदैँ आएको छ । त्यी मध्ये भारतले नेपालबाट धेरै मात्रामा अलैंची निर्यात गर्ने गर्दछ ।
नेपालमा उत्पादन हुने कुल उत्पादनको २ प्रतिशत मात्र नेपालले खपत गर्ने गर्दछ भने बाँकी ९८ प्रतिशत अलैंची बाह्य मुलुकहरुमा निर्यात गर्दछ । पछिल्लो समय विश्व बजारमा नै अलैंचीको माग बढि रहेको छ । अहिले निर्यात गरिएको अलैंची गत वर्षको नै निर्यात रहकोले पनि निर्यात व्यापार बढेको व्यवसायीहरुको भनाई रहेको छ । तर यस वर्ष भने पानी धेरै पर्ने तथा किराको कारण पनि उत्पादनमा केही कमि आउने व्यवसायीहरुको भनाई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया