राष्ट्रिय महिला भलिबल : पुलिसलाई पराजित गर्दै न्यू डायमण्ड सेमिफाइनलमा

काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । न्यू डायमण्डले पुलिसमाथि २५-१९, २५-२३, १७-२५, १६-२५ र १५-६ को जित निकाल्यो ।

समूह चरणको अन्तिम खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको विजेता टोलीले चार लाख १०१ तथा उपविजेताले तीन लाख १०१ प्राप्त गर्नेछ ।

त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख ५१ हजार १०१ तथा चौथोले ५१ हजार १०१ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १०० पाउनेछन् भने व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही सात हजार १०१ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?