विमानस्थलतर्फ फर्काउन खोजेका थिए पाईलटले विमान: कन्ट्रोल टावर भन्छ, असामान्य सन्देश प्राप्त थिएन

काठमाडौं ।  इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमानका चालकले दिशा बदलेर विमानलाई विमानस्थलतर्फ फर्काउन खोजेको अनुसन्धानमा खटिएका अधिकारीले प्रारम्भिक अनुमान लगाएका छन् । अधिकारीहरुका अनुसार विमानको ब्ल्याकबक्स बिग्रिएको अवस्थामा फेला परेको छ ।

यद्यपी उनीहरुले विमान दुर्घटनापछि अध्ययन गर्दा प्रारम्भिक अनुसन्धानबाट यो कुरा खुलेको हो । उनीहरुले यस अनुसन्धानमा आईविटनेस अर्थात् प्रत्यक्षदर्शी पनि महत्वपूर्ण क्ल्यू को रुपमा लिएका छन् । उक्त विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा पाइएको जानकारी इरानले दिएपछि केहि आशंका उत्पन्न भएको छ । किनकी केहि घण्टा अगाडी आफ्ना ६३ जना नागरिक गुमाएका क्यानडेली प्रधानमन्त्री जस्टीन ट्रुडोले जुनकुनै हालतमा घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताइरहेका छन् ।

उनले इरानी क्षेप्यास्त्रको कारण यो भयावह स्थिती आएको र आफूलाई गुप्तचर सस्थाले यो जानकारी दिइसकेको बताएका थिए । यसैबिच घटनाबारे पूर्ण रुपमा अनुसन्धान होस् भन्दै संयुक्त राष्ट्रसंघले माग गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै हकले भने-संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाई पनि यही हो ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उक्त विमान दुर्घटनाको सामान्य जानकारी मात्र गराइएको र यसको छानबीनको लागि आवश्यक सहयोग नमागिएको बताइएको छ । सोही कारण उक्त निकायले विमान दुर्घटनाको कारण राम्रोसँग पत्ता लागोस् भन्ने चाहेको बताइएको छ ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको छ । प्रवक्ता हकले उक्त विमानको दुर्घटना भएको दिनदेखि महिना दिनभित्र सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान गरी यसको प्रारम्भिक प्रतिवेदन दिन पनि इरान सरकारसँग आग्रह गरेको । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत मंगलबार इरानमा दुर्घटनाग्रस्त भएको थियो ।

सो विमानमा नौ जना चालकदलका सदस्यसहित १ सय ७६ जना यात्रामा रहेका थिए । ती सबैजना यात्रुको निधन भएको छ ।
उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान गरिरहेको जानकारी इरानले दिएको छ । इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेको प्रारम्भिक जानकारी इरान सरकारले सार्वजनिक गरेको हो ।

इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले भने, “विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको छ ।”  त्यसैगरी अहिलेसम्मको अनुसन्धानबाट विमान दुर्घटनापूर्व विमान चालकबाट त्यस्तो कुनै असामान्य खालको सन्देश प्राप्त भएको आवाज पनि प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको इरानी अधिकारीले बताएका छन् ।

इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा अनुसन्धानका लागि सूचित गरेको बताइएको छ । तर उता अनुसन्धानका लागि कुनै जानकारी नपाइएको आइकाओले जनाएको छ । इरानले गरेको आन्तरिक तथा प्रारम्भिक प्रतिवेदनले विमान आठ हजार फिटमाथि आकाशमा रहेको समयमा राडारसँगको सम्पर्क गुमेको र त्यो सम्पर्क गुमेको छोटो समयमै विमान दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ ।

इरान सरकारले गरेको यो अनुसन्धानमा प्रत्यक्षदर्शीहरुलाई पनि समेटेको छ । उनीहरुले विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको बताएका थिए । विमानमा आगो लागेर समस्या देखिएपछि विमान चालकले दिशा बदलेर विमानस्थलतर्फ फर्काउन खोजिएको अनुमान अधिकारीले गरेका छन् । यस तथ्यलाई पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्धन्द्धको समय रहेको थियो । त्यस समय इरानले इराकमा रहेको अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र हानेको थियो । सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको त्यहाँका सञ्चारमाध्यमलाई उदृद गर्दै बिबिसीले जनाएको छ । एजेन्सी

यो समाचार पढ्नुहोस् : 

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरान विमान दुर्घटना अपडेट स् सवार सबैको मृत्यु

१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

इरान विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ इरानले नदिने

युक्रेनी विमान दुर्घटना प्रकरण: टावरसँगको कुराकानीमा के भनेका थिए पाइलटले ? गुप्तचरी स्रोतहरूबाट मिल्यो महत्वपूर्ण क्ल्यू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?