काठमाडौं – अहिले सिजनका तरकारीमा मेथी साग पनि एक हो । मसलाको रूपमा अत्याधिक प्रयोग गरिने मेथी नेपालमा पनि उत्पादन हुन्छ । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ भएपनि यसका बहुउपयोगबारे हामी बेखबर छौँ । त्यसैले त हामी तातो तेलमा डढाएर मेथी झान्छौँ र यस्तो अवस्थामा पुर्याउँछौँ कि त्यसको औषधीय गुण खरानी भईसक्छ ।
स्वादका लागि मात्रै होईन मेथीका बहुगुण थाहा पाउनुहोस् ।
-मेथीले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ ।
-यसको प्रयोगपछि पसिना आउने हुँदा शरीरको विजातिय तत्वलाई बाहिर निकाल्छ ।
-श्वास गन्हाउने तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँछ ।
-अल्सरमा पनि लाभकारी हुन्छ ।
-प्रसुति पश्चात मेथी खुवाउनाले दुध आउँछ । यो साग ज्वानो मिसाएर खानाले निकै फाइदा पुर्याउँछ ।
-इन्सुलिन निर्माणमा सहायक हुन्छ।
-यस्ले थकान कम्मर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ ।
-यस्को पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहार राम्रो हुन्छ ।
-केश र अनुहार कान्ति आउँछ ।
-मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ ।
-एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।
-वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ ।
-मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १ १ चम्मच तातो पानी या दुधमा सेवन गर्नाले जोर्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएको मा फाइदा हुन्छ।
-कमजोरी हुनेले पनि मेथी दाना खाँदा अचुक औषधी हुन्छ ।
-स्वस्थ मृगौलाको लागि प्रयोग
-ग्याट्रिकको समस्याको लागि
-सुगर नियन्त्रणको लागि
-हृदयघातबाट बच्न
-बलियो पाचन प्रणाली
-स्वस्थ छाला कालो बाक्लो कपालको लागि
-पायल्स पिसाबको समस्या समाधानको लागी
-कब्जियत वा ग्यास्टिक जस्ता समस्याबाट छुट्कारा पाउन
-मेथीले रुघाबाट पनि बचाउँछ ।
-मधुमेहका रोगीका लागि मेथीको सेवन अत्याधिक लाभदायक हुन्छ ।
– अनुहारको सुन्दरता बढाउनमा पनि मेथी प्रभावकारी हुन्छ ।
-मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।
-मेथीको साग प्रतिदिन सेवन वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ ।
-यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ ।
-भिजाएको मेथी पिसेर दहीमा मिसाई लेप बनाएर अनुहारमा लगाउनाले अनुहार चम्किलो हुन्छ ।
-डन्डीफोर हटाउँछ : डन्डीफोर आएर हैरान भएकाहरूले राति मेथीका दाना पानीमा भिजाउने । भोलिपल्ट बिहान त्यसमा अझै पानी थपेर मनतातो बनाउने । पानी सेलाएपछि त्यसमा कपास भिजाएर मुख पुछ्ने ।छालाको सुक्खापन हटाउँछ
-पानीमा मेथीको धुलो भिजाउने । लेप बनाएर अनुहारमा लगाउने । आधा घण्टापछि धुने । यसो गर्दा अनुहारको छाला सुक्खा हुँदैन ।
-कपाल झर्न दिँदैन, कपाल चम्किलो बनाउँछ
-चाया हटाउँछ : राति मेथीका दाना भिजाइ बिहान पिसेर पेस्ट बनाउने र कपालमा लगाउने । मेथीको पेस्ट कपालको चाया हटाउँछ ।
-मधुमेह सन्तुलनमा राख्छ।
-मेथी खानाले रगतमा चिनीको मात्रा नियन्त्रित रहन्छ ।
-हृदयाघातबाट जोगाउँछ।
-मेथी खाने गर्नाले हृदयाघातको जोखिम कम हुन्छ । मेथी खाँदा मुटु स्वस्थ रहन्छ ।
-क्यान्सरको जोखिम घटाउँछ : नियमित मेथी खाँदा क्यान्सर लाग्ने जोखिम कम हुने विभिन्न अनुसन्धानले देखाएका छन् ।
-मेथीले महिनावारी भएको बेलामा टाउको दुख्ने, शरीर गल्ने, वाकवाकी लाग्ने समस्यालाई कम गर्छ ।
-गर्भवती महिलाले मेथी खानु हुँदैन । यसले अलिक गर्मी गराउँछ । सुत्केरीले चाहिँ खानु हुन्छ । सुत्केरीले मेथी खाँदा दूध उत्पादन बढ्छ ।
-कोलेस्ट्रोल घटाउँछ
-बाथरोगीलाई लाभ
-पाचन बलियो बनाउँछ
-वजन घटाउँछ
-मिर्गौला बलियो बनाउँछ
-कलेजो स्वस्थ राख्छ
-प्रजनन स्वास्थ्य सन्तुलन र शक्ति बढाउन : प्रजनन समस्याको उपचारको लागि मेथीको अत्याधिक प्रयोग गरिएको इतिहास छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ। महिलाहरूको हर्मोनमा वृद्धि गराउनको लागि विभिन्न देशहरूले मेथीको दानाबाट चियाको उत्पादन गर्ने गर्छन्।
त्यसैले महिलाहरूको हर्मोनको वृद्धि (स्तनको आकारमा वृद्धि) गराउनको लागि दैनिकी खानामा मेथीलाई अनिवार्य राख्नुहोस्।
अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्यनले मेथीका दानाको सेवनबाट यौन शक्तिमा अत्याधिक वृद्धी हुने र कामेच्छा पनि बढ्ने तथ्य सार्वजनिक भएको छ । ब्रिसबेनस्थित आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताले मेथीमा पुरुषका लागि यौन ईच्छा र शक्ति बढाउने तत्व मेथीमा पाइने खुलासा गरेका हुन् ।
यौन क्रिडाको अवधी लम्ब्याउनका लागि पश्चिमा औषधीहरु प्रयोग भैरहेको समयमा पश्चिममा नै गरिएको अध्यनमा भने मेथी यसका लागि प्रभावकारी रहेको पाइएको हो ।
मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा पाइने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न वैत्रानिकहरुको भनाई छ । स्वस्थ यौन जीवनका लागि नियमित मेथी सेवन गर्नु राम्रो भएको अनुसन्धानकर्ताले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया