युक्रेनी जहाज दुर्घटनाबारे अमेरिकाले लगाएको आरोप ठूलो झूट हो : इरान

काठमाडौं । इरानी सरकारका प्रवक्ताले युक्रेनी जहाज दुर्घटनाबारे अमेरिकाले लगाएको आरोप ठूलो झूट भएको टिप्पणी गरेका छन् ।

अमेरिकाले इरानले मिसाइल हानेर जहाज खसालेको आरोप लगाएपछि इरानले यस्तो बताएका हो । तेहरान नजिकै बिहीबार १७६ यात्रु बोकेको विमान दुर्घटना भएको थियो ।

इरानी सरकारका प्रवक्ता अली रबिईले भने, एक पटक झूट हो भनेर थाहा पाइसकेपछि कसैले पनि यस्तो झूटको विस्वास गर्दैन ।’ इरानले जानी बुझिकनै पनि अमेरिकाले गलत आरोप लगाइरहेको समेत बताएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?