‘सरकारले पाम आयल निर्यातका लागि सहज वातावरणका बनाउनु पर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले प्रतिबन्ध लगाएको पाम आयल निर्यात सहज बातावरण बनाउन माग गरेको छ ।

पाम आयल भारत निर्यात नहुने अवस्था सिर्जना भएकोले यसबाट नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी संकटमा पर्ने भन्दै सरकारसँग सहज वातावरणका लागि पहल गर्न आग्रह गरिएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विषयलाई सरकारले सरकारले पहल थाल्नुपर्ने बताएका छन् ।

पाम आयल निर्यात हुँदा राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुगेको भन्दै सरकारले कुटनीतिक पहल गरी पाम आयल निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?