न्यु डायमण्ड कप : उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्दै

काठमाडौं । तेस्रो संस्करणको होङ्गान्जी न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र एपीएफ क्लब भिड्ने छन् ।फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ । फाइनलका लागि दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्ने छन् ।

यस्तै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच ११ बजे खेल हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर,  सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?