एजेन्सी । बार्सिलोनाको फरवार्ड लुईस स्वारेजको घुँडाको शल्यक्रिया गरिएको छ । पछिल्लो समय दायाँ घुँडामा चोट बल्झिएपछि शल्यक्रिया गरिएको हो ।
शल्यक्रियासंगै स्वारेज कम्तिमा ६ हप्ता मैदान बाहिर रहनेछन् । स्वारेजले शुक्रबार स्पेनिस सुपरकपको सेमिफाईनलको खेलमा पुरै समय मैदानमा बिताएका थिए ।
खेल लगत्तै उनको घुँडामा थप समस्या देखिएको थियो । स्वारेजले यस सिजन २३ खेलमा सहभागीता जनाएका छन् । उनले यस सिजनमा १४ गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया