नुर्नबर्गसँग वायर्नको हार

एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा वायर्न म्युनिख पराजित भएको छ ।

शनिबार राति भएको मैत्रीपूर्ण खेलमा वायर्न दोस्रो डिभिजनको क्लब एफसी नुर्नबर्गसँग ५-२ गोल अन्तरले पराजित भएको हो । वायर्नका तर्फबाट अल्फान्सो डेभिस र टिमोथी टिलमनले गोल गरेपनि वायर्नलाई जित दिलाउन भने सकेनन् ।

घरेलु टिम नुर्नबर्गलाई जित दिलाउन माइकल फ्रेई, मिकेल इशाक, आडम ज्रिलाक, फाबियन र रोविन हाकले एक एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?