होङ्गान्जी न्यु डायमण्ड कप : आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्गान्जी न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।

आर्मीविरुद्ध पुलिसले २५-२२, २५-९ र २५-१२ को सेटमा जित निकाल्यो । तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?