ए डिभिजन लिग : फ्रेन्ड्सद्वारा थ्री स्टार पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुर डर्बीमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । कार्मोले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।

थ्री स्टार ६ खेलमा १० अंक जोड्दै लिगको चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्सले जितसँगै ६ खेलमा ५ अंक जोड्दै लिगको ११ औं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?