नाट्टाको निर्वाचनमा मिहिका शाह धाक्वा समुहको उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

काठमाडौं । नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स नाट्टा निर्वाचन २०२० को लागि मिहिका शाह धाक्वा समुहले आफ्नो उम्मेद्वारी दर्ता गरेको छ । ‘‘समृद्ध नाट्टा’’ परिवर्तनका लागि एकता भन्ने नारा सहित धाक्वा समुहले उम्मेद्वारी दर्ता गराएको हो ।

नाट्टाको आगामी निर्वाचनको लागि अध्यक्षमा मिहिका शाह धाक्वा (जेनिथ एक्सपिरियन्सेस ट्राभल सर्भिसेस) को रहेकी छिन् । भने उनको समुहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा नारायण गरुङ कोने (चियरफुल होलिडेज), उपाध्यक्ष रमेश थापा (मुन सन ट्राभल्स एण्ड टुर्स), महासचिवमा कमला गुरुङ (ट्राभल लाईट) , सचिवमा अमृत कुमार ढकाल (होलिडे वल्र्ड नेपाल), कोषाध्यक्षमा देवकी गुरुङ (प्रेष्टिज नेपाल ट्राभल्स एण्ड टुर्स), सह-कोषाध्यक्ष फुडोमा शेर्पा (डेबोनेयर टभल एण्ड टुर्स्) लगायतले पदाधिकारीमा उम्मेद्वारी दिएका छन् । भने सदस्यहरुमा विष्णु वस्नेत (सरिन ट्राभल), विजय राई (एक्सिस होलिडेज), सुजिता गजमेर रसाइली (प्युपिल ट्राभल श्रृजना होलिडेज), सागर अधिकारी (रिलायन्स ट्राभल एण्ड टुर्स्), राजकुमार देवकोटा (वर्ड फेवर ट्राभल एण्ड टुर्स), भरत जंग पाण्डे (एभरेष्ट मिरेकल ट्राभल्स), सुवास महर्जन (आर्या तारा ट्राभल्स एण्ड टुर्स) लगायतले सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।

धाक्वा समुहले पर्यटन क्षेत्रलाई विदेशी बजारमा स्थापित गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको जनाएको छ । साथै निर्वाचन विजयी भएमा भ्रमण वर्ष सफल बनाउन सहयोग गरिने, काठमाडौं लगायतका मुख्य पर्यटकिय ठाँउहरुमा अनराष्ट्रिय पर्यटकिय बस सञ्चालन गरिने तथा राष्ट्र बैंकको विदेशी मुद्रा सटही नीति र अध्यागमनमा आइराख्ने समस्या समाधान साथै सुधार गरिने प्रतिवद्धता रहेको समेत जनाएका छन् । त्यतिमात्र नभएर पर्यटनसँग सम्बन्धित विविध छाता सँघ संस्थाहरुसँग समन्वय गरि नाट्टालाई प्रभावकारी गरिमामय साथै यथार्थपरक अभिछिन्न अभिवावक संगठनको रुपमा स्थापित गराइने समेत प्रतिवद्धता जनाएका छन् ।

यस्ता छन् प्रतिवद्धताहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?