बलि चढ्नबाट बचेकी मोडलबारे अभियुक्तको सनसनीपूर्ण खुलासा, अन्तत: स्विकारे अपराध

काठमाडौं । मोडललाई प्रलोभनमा पारेर भारत लैजाँदै गर्दा पक्राउ परेका अभियुक्तले ‘तान्त्रिक पूजा’का लागि उनलाई त्यहाँ लगिँदै गरेको स्वीकार गरेका छन्। पक्राउ परेका अभियुक्तहरुले ती मोडललाई ‘तान्त्रिक पूजा’का लागि त्यहाँ लगिँदै गरेको प्रहरीसमक्ष बयान दिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश शाह र उमेश माझी, दाङकी दिलकुमारी बुढामगर, बिराटनगरका दिलिप पोदार, धादिङकी प्रेमा तामाङ र सुनसरीका रंजित कुमार चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तर, प्रहरीले वयान बाहेक बलि दिनकै लागि उनलाई लगिएको हो भन्ने प्रमाण जुटाउन सकेको छैन। गत पुष ८ गते विराटनगर र काठमाडौंबाट अभियुक्तहरुलाई पक्राउ गरी उनीहरुको साथबाट तान्त्रिक पूजाका सामाग्री समेत प्रहरीले बरामद गरेको थियो ।

यो छुटाउनुभयो कि ?

योजनाकारको त्यो ३ प्रश्न, युवतीले थाहा पाइन् आफूलाई बलि चढाइँदैछ !

नेपालका गिरोह र भारतीय पुजारीको डरलाग्दो ‘सेटिङ’, अन्ततः प्रहरीले यसरी पक्रियो अभियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?