न्यू डायमण्डलाई सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन

काठमाडौं । एपीएफ क्लबले तेस्रो संस्करणको होङ्गान्जी न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा भएको फाइनलमा आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।

उपाधि जित्ने क्रममा एपीएफले न्यू डायमण्डको चुनौती २५-२०, २५-२३ र २५-१८ ले पाखा लगायो । यससँगै एपीएफले लगातार दोस्रो वर्ष न्यू डायमण्डलाई हराएर उपाधि हात पारेको छ । उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ । न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भयो । त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?