एजेन्सी । जितसँगै युभेन्ट्स सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो । रोमाको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै मेरी दिमिरालले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
खेलको १० मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए । रोनाल्डोले सिरी ए मा चालू सिजन १४ गोल गरेका छन् ।
जितसंगै युभेन्ट्सले सिरी ए मा दुई अंकको अग्रता लिएको छ । शीर्ष स्थानको युभेन्ट्सले १९ खेलबाट ४८ अंक जोडेको छ ।
रोमा ३५ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया