काठमाडौं । १ सय १४ यात्रु बोकेर कोलकत्ताबाट मुम्बईका लागि उडेको एयर एसियाको विमानलाई एक युवतीले विस्फोट गर्ने धम्की दिएपछि आपतकालीन अवतरण गरिएको छ।
शनिवार राति भएको यो घटनामा युवतीले बिस्फोट गर्ने धम्की दिएकी थिइन् । तर कोलकातामा अवतरणपछि छानबिन गर्ने क्रममा विमानमा विस्फोटक पदार्थ नभेटिएको बताइएको छ।
कोलकत्तास्थित नेताजी सुभाषचन्द्र बोस विमानस्थलबाट राति ९ः५७ मा विमानले मुम्बईका लागि उडान भरेको थियो ।
विमान उडेको ४० मिनेटपछि विमानमा सवार एक २५ वर्षीया महिलाले पाइलटलाई दिनु भन्दै एउटा पेपरमा लेखेर दिएकी थिइन्। पेपरमा उनले आफ्नो शरीरमा बम बाँधिएको र जुनसुकै बेला पड्काइदिन सक्ने धम्की दिएकी थिइन्।
यसबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए। पाइलटले उक्त जानकारी दिए लगत्तै रातको ११ बजे विमानमा आपतकाल घोषणा गरिएको थियो। त्यसपछि विमानलाई पुनः कोलकातातिरै फर्काएर ११ः४६ मा अवतरण गरिएको थियो।
प्रहरीले ती महिला यात्रुलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा उक्त महिलाको शरीरमा बम नभेटिएको भारतीय सञ्चारमाध्यामले बताएका छन् । तर उनी नसामा रहेको पत्ता लागेको छ। एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया