काठमाडौं । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (श्याङ्ज), भिमाद युथ क्लब (तनहुँ), त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा), आर्दश क्लब (कास्की), गैँडाकोट खेलकूद (नवलपुर), डाँफे युवा क्लब (मनाङ), सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् ।
उनका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाखसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच-पाँच हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।
कूल एक करोड एक लाख चर्ख हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले ४० लाख नगद सहयोग गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया