यी १० काम गरे कहिल्यै दुःख हुँदैन…

काठमाडौं । गणपति अर्थात् भगवान गणेशको पूजाअर्चना गरे संकटको सामना गर्न नपर्ने तथा बिघ्नबाधाहरु टाढा जाने विश्वास गरिन्छ । हामीमा भक्तिभावले पूजा गरे भगवान गणेशले सबै मनोकांक्षा पुरा गरिदिने विश्वास छ ।

मानिसहरु लामो आयुका लागि पनि भगवान गणेशको प्रार्थना गर्छन् । यदि तपाईले पनि यी १० काम गर्नुभयो भने तपाईका मनोकांक्षा पुरा हुनेछन् ।

१.धन प्राप्तिका लागि एउटा रातो कपडामा श्रीयन्त्र राखेर त्यसको बीचमा एक सुपारी राखेर गणेशको पूजा गर्नुपर्छ । पूजा गरेको रातो कपडा, श्रीयन्त्र तथा सुपारीलाई आफ्नो धन भएको ठाउँमा राख्नुपर्छ ।

२.यदि कसैलाई बिघ्नबाधाबाट टाढै रहनु छ र धन कमाउने चाहना छ भने घरको पूर्व वा उत्तर दिशामा चाँदीको थाली बनाएर थालीमा सुपारी राख्ने गर्नुपर्छ । साथै चाँदीको थालीमा राखेको सुपारीलाई प्रत्येक दिन पूजा गर्दा बिघ्नबाधा टाढा हुनका साथै धन-सम्पत्ति चाँडै कमाउन सकिन्छ । तर यो कामको शुभारम्भ चतुर्थीकै दिन गर्नुपर्छ ।

३.मनोकांक्षित फल पाउनको लागि चतुर्थी तिथिका दिन दायाँ सूँडवाला गणेशको पूजा गर्नुपर्छ ।

४.आफूले चाहे अनुसारको जागिर खानको लागि आजबाटै प्रत्येक दिन भगवान गणेशलाई दुई अलैँची र दुई सुपारी चढाउनु पर्छ ।

५.घरमा सकारात्मक वातावरण होस् भन्नका लागि पूजा स्थानमा एक सुपारी र एक तामाको कलशमा गंगाजल भरेर राख्नुपर्छ र प्रत्येक दिन विहान उठेर पूजा गर्नुपर्छ ।

६.आफ्नो लामो आयुका लागि कालो तिल र शखरबाट बनेको मिठाई गाणेशलाई चढाउने गर्नुपर्छ ।

७.गणेश भगवानको कृपा पाईराख्न लड्डु, दुबो र पहेँलो फूल चढाउनुपर्छ ।

८.यदि सधैँ सुखी बन्न चाहनेले फलमात्र खाएर गणेशको व्रत गर्नुपर्छ ।

९.सम्पन्नशाली बन्न साँझमा चन्द्रमालाई अर्घ्य दिएर भगवान गणेशको नाम जप्नुपर्छ ।

१०.जीवनमा आएका समस्याहरुलाई पार लगाउन प्रत्येक दिन ओं गं गणपतये नमः मन्त्र १०८ पटक जप्नुपर्छ । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?