नुवाकोट । खेतमा काम गर्न जान्छु भन्दै घरबाट निस्किएका वडा सदस्य झुण्डिएको अवस्थामा भेटिएका छन् ।
नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का वडासदस्य जर्नादन पौडेल झुण्डिएको आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आइतबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पौडेल घर नजिकै कटुसको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
उनको शव परिवारले बुझिसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया