काठमाडौं, ९ माघ । अमेरिकाका दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गरेका छन् अस्थायी खर्च उपलब्ध गराउने विधेयक पारित भएपछि अब संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई सातासम्म रकम उपलब्ध हुनेछ । सरकारी खर्चबारे सिनेटमा भएको यो अस्थायी विधेयकको पक्षमा ८१ मत परेको थियो भने विपक्षमा १८ मत खसेको थियो रिपब्लिकन र डेमोक्रेटहरुले अस्थायी रुपमा रकम उपलब्ध गराउने सो विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुनः खुल्ने अनुमान गरिएको छ संघीय कार्यालयहरूमा कार्यरत बेतलबी बिदा बसेका हजारौं कर्मचारीहरूले सो विधेयक पारित भएपछि राहतको अनुभूति गरेका छन् राष्ट्रपति डोनल्ड ट्रम्पले संसद्बाट पारित भएको विधेयकमा हस्ताक्षर गरेपछि ८ फेब्रुअरीसम्म संघीय सरकारले आर्थिक अभाव विना नै कामकाज चलाउन सक्नेछ तर त्यसपछि बजेट कसरी अघि बढ्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन । सो विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरु अन्ततः आफ्नो होसमा आएको प्रतिक्रिया दिएका छन् डेमोक्रेटहरुले भने आप्रवासनसम्बन्धी समस्यालाई रिपब्लिकनहरूले सम्बोधन गर्ने शर्तमा यो विधेयकमा सहमति जनाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया