काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ ।
पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया