काठमाडौं । अष्ट्रेलियाको न्यु-साउथ वेल्समा लागेको भीषण आगोका कारण विभिन्न जीवजन्तुको जलेर मृत्यु भएको छ । साथै अष्ट्रेलियाको जनजीवन अस्तव्यस्त बनेको छ ।
केहि जीवहरु भोकका कारण मरिरहेका छन् । बाँचेका जनावरहरुलाई पनि खानको लागि समस्या भईरहेको छ । भोकका कारण मर्न थालेका जीवजन्तुको रक्षाका लागि सरकारले अप्रेशन ”रक वालाबि” नामको मिशन चलाएको छ ।
यो मिशन मिनिस्टर फर इनर्जी एण्ड इनभाइरोमेन्टको तर्फबाट चलाइएको हो । जनावरहरुको भोक मेटाउनको लागि हेलिकप्टरबाट खाना जंगलमा झारिएको छ ।
अहिलेसम्म सय किलो भन्दा धेरै सखरखण्ड र केहि किलो गाँजर जनावरहरुको लागि जंगलमा झारिएको हो । उक्त इलाकामा कंगारु तथा कोआला धेरै पाइने गरेको छ ।
जनावरको सहयोगका लागि केहि सेलिब्रेटी तथा सामाजिक संस्थाहरु लागिपरेका छन् । आगोले जंगलमा हजारौँ जीवहरुको मृत्यु भएको थियो ।
जसमा धेरैजसो कंगारु मरेका छन् । सामाजिक सञ्जालमा पनि कंगारुको बच्चा तारमा मरिरहेको फोटो धेरै नै भाइरल भईरहेको थियो ।
त्यस्तै घायल कोआलाको सर्जरी भईरहेको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । कोआलाको सानो बच्चा भने आमाको शिरमा टाँसिएर बसेको थियो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया