कुरियर गर्न खोज्दा एक लाख रुपैँया चट !

काठमाडौं । भारतको ब्यांग्लुरुकी एक ३५ वर्षीया महिलालाई अनलाईनबाट धोका भएको छ । उक्त महिला जालसाजीको शिकार भएकी छिन् ।

उनी सफ्टवेयर इन्जिनियर हुन् । उक्त महिला क्यानडामा रहेका आफ्ना पतिलाई एक कुरियर पठाउन चाहान्थिन् । यसका लागि महिलाले गुगलको सहयोग लिएर कुरियर कम्पनीको नम्बर खोज्न थालिन् ।

कुरियर कम्पनीको नम्बर खोजिरहेकी ति महिलालाई गुगलबाट एउटा कस्टमर केयरको नम्बर मिल्यो । उनले त्यसमा कल गरेर कस्टमर केयरले बताए अनुसारका स्टेप चाल्दे गइन् ।

कस्टमर केयरले भने अनुसार गर्दै गएकी ति महिलालाई अन्तिम स्टेपमा आएर एउटा लिंक नम्बरमा एस एम एसको रुपमा आयो । साथै उनलाई त्यो लिंक खोल्न लगाइयो ।

लिंक खोल्ने बित्तिकै उनको अकाउन्टबाट भारतीय ६३ हजार ९ सय रुपैयाँ गायब भयो । यसको नेपाली एक लाख २ हजार २ सय ४० रुपैँया हुन आउँछ ।महिलाले गुगलमा Fedex कुरीयर कम्पनीको नम्बर मिलेको बताएकी छिन् ।

एक लिंक खोल्नासाथ उनको खाताबाट यति धेरै रकम बेपत्ता भएपछि अहिले सबै चकित बनेका छन् । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?