फ्रेडरिक नीत्शेका २० प्रेरणादायी भनाईहरु

काठमाडौं । फ्रेडरिक नीत्शे एक प्रसिद्ध लेखक, विश्लेषक,समाजसेवी तथा कवि हुन् । जर्मनीका नागरिक नीत्शेको जन्म १५ अक्टोवर सन् १८४४ मा भएको थियो ।

परिघटनामूलक चिन्तनको विकासमा महत्वपूर्ण भुमिका निभाएका उनको मृत्यु २५ अगस्ट सन् १९०० मा निधन भएको थियो ।

१. जबसम्म सबै मान्छेले तिमीलाई माया र प्रशंसा गर्छन्,सम्झ त्यतिबेलासम्म तिमी आफ्नो बाटोमा होइन अरु कसैको बाटोमा हिँडेका छौ ।

२.संसारमा दुई थरीका मान्छे हुन्छन्,एकथरी बुझ्न चाहाने र अर्काे थरी विश्वास गरेर बस्ने ।

३.रमाएर जीउन सिक यो कुनै रिहर्सल होइन ।

४.तिमी भित्रको आगोमा पहिला तिमी जल्न तयार होउ ।

५.जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलियो बनाउँछ ।

६.जुन रुख स्वर्गतिर बढिरहेको हुन्छ, त्यो रुखको जरा नर्कतिर हुर्किएको हुन्छ ।

७.जो व्यक्ति आफ्नो दिमाग र मनले दिएको अर्डरमा हिँड्दैन, उ अरुले दिएको अर्डरमा हिँड्नुपर्छ ।

८.तिमीसँग तिम्रो तरिका हुन्छ र मसँग मेरो तरिका हुन्छ । सहि र गलत तर एउटा मात्र तरिका भन्ने हुँदैन ।

९.सजिलो जीवन चाहान्छौ भने सधैँ भेडाको बथानमा बस र त्यही हराउ ।

१०.जुन व्यक्तिसम्म संगीतको आवाज पुगेको हुँदैन । उसलाई त्यो संगीतमा नाचिरहेको व्यक्ति पागल लाग्छ ।

११. घमन्ड र ज्यादतीलाई दुष्ट आत्माको रुपमा लिइन्छ ।

१२.संकल्प झुटोभन्दा पनि सत्यको बिरोधी हुन्छ ।

१३.मानव व्यक्तित्वको विकासले नै मानव क्षमतालाई प्रकट गर्छ ।

१४.मानिसहरुले रुढीबादी परम्पराको होइन, श्रेष्ठ व्यक्तिको अनुकरण गर्नुपर्छ ।

१५.श्रेष्ठ पुरुष नै मानिसहरुको आशा हो ।

१६.निर्वलता अनैतिकताको प्रकट रुप हो ।

१७.आदर्श व्यक्तिको लागि अनुशासन नै ठूलो गहना हो ।

१८.शक्ति संकल्पको मात्रामा भिन्नता हुनु नै समाजको रुपरेखा पिरामिड बन्नु हो ।

१९.हामी दास वर्गका हौँ भने मात्र मानिस ठुलो र सानो हुन्छ ।

२०.निर्वल व्यक्तिको मानसिकताको कारण एक श्रेष्ठ व्यक्ति पछाडी पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?