गायक निशान भट्टराईको दुर्घटनामा परी निधन

काठमाडौं । गायक निसान भट्टराईको दुर्घटनामा परी निधन भएको छ ।

काठमाडौंको दरवारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमाबाट फर्कने क्रममा उनले चलाएको गाडि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा भएको हो । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो । अर्को लोकप्रिय गीत ‘हेर धर्ती….’ हो ।

यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्टराईले गाएपछि झनै लोकप्रिय भएको थियो । २०४१ साल देखि २०४४ सालको अन्त्यसम्म रेडियो नेपालमा गायकको निशानले काम गरेका थिए ।

निशान खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?