अज्ञात समूहद्वारा काठमाडौंका २ वटा एनसेल टावरमा आगजनी

काठमाडौं । गए राति काठमाडौंको २ जटा एनसेल टावरमा अज्ञात समूहले आजगनी गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेका एनसेल टावरमा आगजनी भएको बताइएको छ ।

आगजनीले टावरमा क्षती पुगेको छ । उक्त टावर भएको क्षेत्र आसपास अहिले सेवासमेत अवरुद्ध भएको छ । आगजनीको जिम्मा कसैलेपनि लिएको छैन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नतामा हुनसक्ने आशंका गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?