पुलिस थानाबाटै १ सय ८५ मोवाइल चोरी भएपछि…

काठमाडौं । चोररहरुलाई समात्ने काम पुलिसको हुन्छ । वर्दी लगाएका पुलिसहरु देख्नासाथ चोरहरुको सातो जान्छ । तर भारतको महाराष्ट्रमा एक चोरले पुलिस थानबाटै चोरी गरेका छन् ।

उक्त चोरले पुलिस थानाको स्टोर रुमबाट १ सय ८५ फोन चोरी गरेर फरार भएका छन् । यो घटना भारतको महाराष्ट्रस्थित कोल्हापुर जिल्लाको हो ।

जहाँ रहेको जयसिंहपूर पुलिस स्टेशनको स्टोर रुममा राखिएको मोवाइलहरु चोरी भएको हो । भारतीय सञ्चारमाध्यामका अनुसार चोरले कोठाको ताल्चा फोरेर त्यहाँ राखिएका १ सय ८५ फोन चोरी गरेर भागेको थियो ।

तर पुलिस नै कसरी चोरी भयो भन्नेबारे अनभिज्ञ छ । अहिले पुलिसले त्यसबारे अनुसन्धान गरिरहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?