काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापार घाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन् ।
नेपाल प्रहरीले प्रयोग गर्ने लठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापार घाटा कम गर्न यो अवधारणा आएको मन्त्री भट्टले बताए। केही वर्ष अघिसम्म गाउँगाउँका जंगलहरुमा बेत पर्याप्त भएपनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । ‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिए । अहिले फडानी गरेर त्यहाँ बास्ती बसेका छन्’, उनले भने, ‘प्रहरीलाई बेतको लाठ्ठी भारतबाट आउने गरेका छन् । हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन् ।’
मंगलबार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौता पत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले स्रोत, साधन र कला भएपनि त्यसको सदुपयोग गर्न नसकिएको समेत बताएका हुन् । मन्त्री भट्टले जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा स-साना केटाहरु ब्यापारका लागि स्मरण गरेका छन् । व्यापारघाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उनको धारणा थियो । निर्वाचनको समयमा राजनीतिक दलहरुबीच बैचारिक द्वन्द्व हुने गरेको भएपनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया