काठमाडौं, ९ माघ – अभिनेता अर्पण थापा र ऋचा शर्माको मुख्य भूमिका हुने गरी चलचित्र ‘फेरि फेरि’ निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणकाे जानकारी गराउँदै फिल्मको शुभ मुहूर्तसमेत गरियो पुरन थापाको लेखन तथा निर्देशन रहने चलचित्रममा लय संग्रौला, ओमप्रितिक गुरुङ, पुरन थापा, ध्रुव कोइराला लगायतले अभिनय गर्नेछन् । चलचित्रलाई नेपालमै पहिलोपटक अाठ के प्रविधिबाट छायांकन गरिनेछ । चलचित्रलाई सुरेश बजाचार्यले छायांकन गर्नेछन् भने एनबी महर्जनको द्वन्द्व रहनेछ कार्यक्रमपछि बोल्दै अभिनेता अर्पण थापाले यो चलचित्र अन्य फिल्मभन्दा फरक भएकाले आफूले अभिनय गर्न लागेको जनाएका थिए । चलचित्र हास्य जानरामा निर्माण हुनेछ । निर्देशक थापाले यसभन्दाअघि कान्छी मट्याङ ट्याङ निर्माण गरेका थिए । यो उनको दोस्रो फिल्म हो तस्वीरः मिलन ढुंगाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया