सबैभन्दा चम्किलो तारा नष्ट हुने संकेत !

काठमाडौं । पृथ्वीभन्दा ६ सय ५० प्रकाश वर्ष टाढा रहेको सबैभन्दा चम्किलो ताराको चमकमा धेरै उतारचढाव आएको छ । ताराको चमकतामा कमी आएपनि यो तारा सबैभन्दा धेरै प्रकाश दिने ताराहरुमध्येमा २० औँ ताराहरुको सूचीभित्र पर्छ । यो तारा एउटा परिवर्तनशील तारा हो ।

जसको चमकतामा तीब्र गतिले उतारचढाव आउने गर्छ । तर अहिले यो ताराको तीब्र गतिमा चमकता हराउँदै गएको छ । यस्तो अनुमान वैज्ञानिकहरुले आजसम्म पनि गरेका थिएनन् ।

यो ताराको तीब्र गतिमा आएको उतारचढावबाट खगोल विज्ञान पनि हैरान भएको छ । यो ताराको प्रकाशमा अचानक उतारचढाब आउँदा वैज्ञानिकहरु नै (विटलग्युज) बिस्फोट हुन सक्ने भन्दै डराएका छन् ।

खगोलविदका अनुसार यो तारा बिस्फोट हुनेवाला छ । विटलग्युज सूर्यभन्दा थोरैमा पनि १५ गुणा ठूलो छ । यो तारा सौर्यमण्डलमा प्रवेश गर्याे भने वृहस्पति भन्दा पनि ठूलो हुन्छ । यसलाई खगोलविज्ञानले (सुपरजायन्ट्स) वा दैत्याकार खगोलीय पिण्डको संज्ञा दिएको छ । किनभने यो तारा तीव्र गतिमा बढ्छ र युवा अवस्थामा बिस्फोट हुने गर्छ ।

यो तारा धेरै वैज्ञानिकहरुको आकर्षण बन्ने गरेको छ । किनभने पूर्वजहरु पनि यो तारामा धेरै रुची राख्ने गर्थे । यस ताराले मानवताको विकासक्रममा आफ्नो महत्वपूर्ण छाप छोडेको छ ।

न्यु मेक्सिकोको चाको क्यानियनमा एक गुफा चित्रलाई १०५४ इस्वीमा क्यान्सर निहारिकाको निर्माण गर्ने बिस्फोटको चित्रित गर्नेवाला ताराको रुपमा यसलाई हेर्ने गरिन्छ ।

सन् २०१६ मा नेचर पत्रिकामा छापिएको एक लेखमा वैज्ञानिकले पृथ्वीको सयकडा प्रकाश वर्षको इतिहासमा हुनेवाला बिस्फोटको बारेमा यो तारासँग सम्बन्धित रहेको बताएका थिए ।

यो तारा आजभन्दा पहिला दुई पटक बिस्फोट भएको छ । आजभन्दा ६५ देखि ८७ लाख वर्ष पहिला पहिलोपटक र १७ लाख देखि ३२ लाख वर्ष पहिलेको बीचमा दोश्रो पटक विस्फोट भइसकेको छ ।

यो तारामा रातो रंग देखिने बित्तिकै खगोलीय पिण्ड तथा तारा नष्ट हुने वैज्ञानिकहरुले बताएका छन् । यो हीलियम,परामाणु तथा कार्बन र अक्सिजनबाट बनेको एउटा चमकदार तारा हो ।

वैज्ञानिकहरुका अनुसार यो तारामा रातो रंग देखिएको र विस्फोट हुने अवस्थामा आईपुगेको छ । अन्तिम चरणमा भने यो तारा फलाममा परिणत हुने वैज्ञानिहरुले बताएका छन् ।

साथै यो तारा आफ्नो गुरुत्वाकर्षणको तीब्र वेगका कारण सुपरनोवामा परिणत हुनेछ । तर यो तारा नष्ट हुन एक लाख वर्ष पनि लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?