काठमाडौं । निर्भया सामूहिक बलात्कार तथा हत्या आरोपका चार युवालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिने भएको छ ।
अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका हुन् ।
कारागार श्रोतका अनुसार २० जनवरी अर्थात फाँसी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।
घटनाका चार दोषीहरु मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फासीभन्दा पहिले परिवारसँग भेट्न समय दिइने भएको हो ।
१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार घटनाका चार दोषीलाई मृत्युदण्डको सजाय जारी भइसकेको छ । पटियाला हाउस अदालतले फासीका लागि २२ जनवरी २०२० बिहान सात बजेको समय तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया