काठमाडौं । सनराइज बैंक लिमिटेडले ग्राहकहरुका लागि डिजिटल भुक्तानीलाई बढवा दिने उदेश्यले क्यास ब्याक योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकहरुले डेविट तथा क्रेडिट कार्डबाट कारोबार गरेका साथै पस मेसिन वा इ कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २५० क्यास ब्याक साथै इ कमर्श कारोबारमा २५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै महिनामा दुई पटक कम्तिमा ५ सय डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि कारोबार गरिनुपर्ने सर्त बैंकले लागू गरेको छ ।
यदि ग्राहकहरुले १ महिनामा १५ हजार वा सोभन्दा माथि बराबरको कारोबार डेविट वा क्रेडिट कार्डमार्फत गरेमा भने १ हजार क्यास ब्याक प्राप्त गर्ने सकिने बैंकले जनाएको छ । भने एक कार्डहोल्डरले बैंकको योजना अनुसार नै अधिकतम ३५ सय सम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ ।
बैंकले ल्याएको उक्त योजना मार्फत ग्राहकहरुले नगद भुक्तानीमा डिजिटलाइजमा आकर्षित भइ कारोबारमा थप सहजता प्रदान हुने विश्वास बैंकले लिएको छ । उक्त योजना माघ १ गतेदेखि शुरु भइ ३ महिनासम्म लागु हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया