इरानमा विमान दुर्घटनाको भिडियो खिच्ने व्यक्ति पक्राउ

काठमाडौं । इरानले युक्रेनको विमान दुर्घटनाको भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको छ । उनी माथि राष्ट्रिय सुरक्षा मामिलाको अभियोग लगाइने भएको छ ।

जनावरी ८ मा भएको बिमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको थियो ।

इरानले उक्त घटना सम्बन्धमा केही व्यक्तिलाई पक्राउ गरिएको जनाएको हो । विशेष अदालतले यो प्रकरणलाई हेर्ने जनाइएको छ । सो विमान आफूले प्रहार गरेको मिसाइलका कारण खसेको इरानले स्वीकार गरेको छ । इरानले एक विज्ञप्तिमा सेनाको मानवीय त्रुटिकाकारण विमान खसालिएको स्वीकार गरेको हो ।

एजेन्सी 

इरानमा भएको युक्रेनी विमान दुर्घटनाबारे लोकपथमा यस अधि प्रकाशित समाचार पढ्नुभएको थियो ?

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरान विमान दुर्घटना अपडेट स् सवार सबैको मृत्यु

१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

इरान विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ इरानले नदिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?