दुई नरभक्षी दाजुभाईले खाए १ सय ५० मृत शरीरको मासु

काठमाडौं । संसारमा कहिले काँहि अनौठा घटनाहरु हुने गर्छन् । त्यस्तै अनौठो एउटा घटना पाकिस्तानमा पनि भएको छ । केहि वर्ष अगाडिसम्म पाकिस्तानका दुई दाजुभाई मोहम्मद खवारन अली र मोहम्मद आरिफ अली गाडेको ठाउँबाट शव निकालेर त्यसको मासु खाने गदर्थे ।

उनीहरुले अहिलेसम्म १ सय ५० भन्दा धेरै शवहरुको मासु खाइसकेको सञ्चारमाध्यामले बताएका छन् । उनीहरु पाकिस्तानको पञ्जाव प्रान्त स्थित भक्कर जिल्लाको दरया खान इलाकामा बस्ने गर्थे ।

उनीहरु दुबै जना विवाहित हुन् । तर उनीहरुका पत्नीहरुले उनीहरलाई पिटेको आरोप लगाएर छोडेर गए । तिनीहरु दुबैलाई पहिलोपटक सन् २०११ मा प्रहरीले गिरफ्तार गरेको थियो ।

त्यो बेला उनीहरु नजिकै बस्ने सायरा नाम गरेकी २४ वर्षकी महिलाको क्यान्सरका कारण मृत्यु भएको थियो । उनका परिवारले उनलाई गाडेका थिए । तर भोलिपल्ट त्यहाँ आएर परिवारले हेर्दा शव गायब भईसकेको थियो । उनीहरुले पुलिससँग गएर रिपोर्ट दर्ता गराए ।

पुलिसले छाबिन गर्न सुरु गर्याे तब फरमान र आरिफ दुई दाजुभाई नै यो घटनामा सामिल रहेको प्रमाण फेला पर्यो । उनीहरुको घरमा मासु र हड्डीहरु धेरै देखिए ।

साथै उनको घरमा सायराको शव पनि फेला पर्याे । उनीहरुको घरमा जताततै शवका अंगहरु काटेर फालिएको देखेर पुलिस नै डरायो । उनीहरु दुबैलाई प्रहरीले समात्यो र अनुसन्धान गर्याे ।

अनुसन्धानमा उनीहरुले भर्खरै गाडेका लाशहरु झिकेर मासु खाने गरेको स्विकारेका थिए । लाशलाई उठाएर ल्याउने र करी बनाएर खाने गरेको उनीहरले स्विकारेका छन् ।

उनीहरु दुबै नरभक्षि दाजुभाईलाईलाई प्रहरीले अदालतमा पेस गर्याे । अदालतमा यो किसिमको घटना हुँदा अदालतनै दोधारमा पर्याे । किनभने यसो गर्ने मानिसहरुका लागि कुनैपनि नीयम बनेको थिएन ।

अदालतले उनीहरु दुबैलाई दुई वर्षको जेल सजाय सुनायो साथै नेपाली ८० हजार रुपैयाँ तिरायो । तर उनीहरु जेलमा थोरै अस्पतालमा धेरै बस्थे । किनभने उनीहरुको मानसिक रोगको उपचार गराइँदै थियो ।

मे सन् २०१३ मा उनीहरु दुबै जेलबाट रिहा भएका थिए । त्यसपछि उनीहरु आफ्नो गाउँ फर्के । तर उनीहरुको गाउँमा चर्काे बिरोध भईरहेको थियो ।

उनीहरुको घरबाट सडेको मानिसको गन्ध आइरहेको भन्दै अप्रिल सन् २०१३ मा गाउँलेले फेरी उनीहरुमाथि पुनः आरोप लगाए । प्रहरीले उनीहरुमाथि फेरी अनुसन्धान सुरु गर्याे ।

नभन्दै उनीहरुले २ वर्षको बच्चाको शिर पाइयो । बच्चालाई मृत्युपश्चाद् कब्रिस्तानमा गाडिएको थियो । उनीहरुलाई प्रहरीले फेरी गिरफ्तार गर्यो र अदालतमा पेस गरिदियो ।

त्यसपछि अदालतले उनीहरुलाई १२ वर्षको सजाय सुनायो । अहिलेसम्म उनीहरु जेलमै रहेका छन् । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?