काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई गाभ्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो ।
उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजक क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका हुन् । सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पदाधिकारीहरू माझ सम्पन्न भएको हो ।
यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने बैंकले जनाएको छ । त्यस्तै गाभिएपछि बैंकको शाखा संजाल २०० भन्दा अधिक हुनेछ ।
बैंकको आन्तरिक वित्तिय, मानव संसोधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि हुने विश्वास बैंकले लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया