काठमाडौं । विज्ञानले अनौठा आविष्कार गरेर संसारलाई चकित बनाइरहेको छ । यस्तै एउटा चमत्कार वैज्ञानिकहरुले फिनल्याण्डमा पनि गरेका छन् ।
यहाँका वैज्ञानिकहरु हावाबाट प्रोटिन बनाईरहेका छन् । यो प्रोटिन बिजुलीको प्रकाश तथा हावाको उर्जाबाट बनाउन सकिने वैज्ञानिकहरुले दाबी गरेका छन् ।
यदि वैज्ञानिकहरु यसमा सफल भए भने खेती सम्बन्धित जोडिने बिभिन्न समस्याहरु समाधान गर्न पनि महत्वपुर्ण भूमिका खेल्छ । यो महंगो प्रोटिन आँटा जस्तै बन्नेछ । यसमा स्वाद हुँदैन । वैज्ञानिकहरुले यस प्रोटिनलाई बिना स्वादको बनाउने योजना बनाएका छन् ।
आइसक्रीम, बिस्कुट, पास्ता, चाउचाउ, सस ताथा ब्रेडलाई रीइनफोर्स गरेर आयल जस्तो उत्पादन बनाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।
यसको प्रयोग राम्रो मासु तथा माछा उत्पादन गर्नको लागि पनि प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
यी सबै कामहरु योजना अनुसार गर्न सके तोकिएको समय अगाडि नै प्रोटिन उत्पादन गरेर बिभिन्न देशमा आपूर्ति गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
यो तमाम सिन्थेसाइज्ड खानाहरुको परियोजना मध्येको एक हो । जो भविष्यमा विकल्पका रुपमा महत्वपुर्ण सावित हुन सक्छ ।
फर्मका सिईओ पासी वैनिक्काले यूकेको क्रेनफिल्ड युनिभर्सिटीमा पढेका थिए भने अहिले उनी फिनल्याण्डको लप्पीनरान्टा युनिभर्सिटीमा पढाउँदै छन् ।
उनलाई हावाबाट प्रोटिन बनाउने आइडिया १९६० को दशकमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाधयामलाई बताएका छन् । उनले हावाबाट प्रोटिन सन् २०२२ सम्ममा बनाइसक्ने बताएका छन् ।
सौर्य उर्जाबाट खाना बनाउनको लागि पानीबाट इलेक्ट्रोलिसिसको सहयोगमा हाइड्रोजनलाई अलग गरिन्छ ।
हाइड्रोजन, हावाबाट लिइएको कार्बनडाईअक्साईड तथा खनिज पदार्थ ब्याक्टेरीयालाई खुवाइन्छ । जसबाट प्रोटिनको निर्माण हुन्छ ।
यो बनाउन सबैभन्दा महत्वपुर्ण बिजुलीको आवस्यक रहेको वैनिक्काले बताएका छन् । जब नवकिरणीय श्रोतहरु मिल्दै गएपछि प्रोटिन बनाउन सहज हुने उनले बताए ।
यो प्रविधि बन्न लागेको देखेर पर्यावरण क्यापनर जर्ज मानबिओले अब धर्तीमा प्रोटिनको चिन्ता कम हुने बताएका छन् । उर्जाबाट बन्ने खानाले संसारलाई केहि राहत दिने उनले बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँग कुरा गर्दै भने “खाद्य उत्पादनको कमी हुँदा विश्वमा भीषण नोक्सान भईरहेको छ । माछा समात्न र खेतबारीमा काम गर्दा त्यहाँ रहेका जीवहरु विलुप्त भईरहेका छन ।
खेतीपातीले गर्दा जलवायु परिवर्तनको अत्यधिक खतरा हुने गर्छ । खेतीपाती बिना खाद्य पदार्थ उत्पादन गर्न सकिन्छ भन्ने कल्पना नै गर्न नसकिएको यो कुराले मानिसमात्र नभएर धर्तीलाई पनि बँचाउन सक्ने छ । साथै यसले मानिसका, जीवजनावर र वनस्पति तथा जमिन पनि बँचाउन सक्ने कल्पना गर्न सकिन्छ ।” एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया