नेपालका लागि छुट्यो रेल, १५ दिनमा नेपाल आइपुग्ने

काठमाडौं। जनकपुर–जयनगर रुटमा सञ्चालन गरीने रेल सेट चन्नईबाट नेपालका लागि छुटेको छ । पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले जनाएको छ ।

चेन्नेइस्थित सवारी डिब्बा कारखानाबाट बुधबार रेल जनकपुर पठाएको कम्पनीले जनाएको छ । नेपाली झण्डाको रंग लगाएको इञ्जिन र डिब्बा आइपग्ने तय भएपछि यता रेल विभागमा रेल सेवा नियमित सञ्चालनको तयारी थालेको छ ।

चेन्नइबाट विभिन्न रुटमार्फत जनकपुरसम्मै रेलवे ट्रयाक जोडिएकाले गुडाएरै ल्याउन लागिएको रेलवे विभागले जनाएको छ । चेन्नइबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना भएर विहारको जयनगर हुँदै रेल जनकपुर आइपुग्ने विभागले जनाएको छ।

रेल सेवा सञ्चालन भइरहेका रुटहरूमा ट्रयाक खाली रहने समय पारेर ल्याउनुपर्ने भएकाले नेपाली जनकपुरसम्म आइपुग्न १५ दिन लाग्ने रेल विभागका अधिकारीहरूले बताएका छन्। फ्रेबुअरी दोस्रो सातासम्म लाग्ने विभागले जनाएको छ । त्यसपछि जनकपुर–जयनगर नेपाली रेल यातायात नियमित सञ्चालन हुने विभागले जनाएको छ ।

रेल सेटको नाम ‘जानकी’ राखिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?