यी हुन् दुई महादेशमा फैलिएका ६ देश

काठमाडौं । दुई महाद्विपमा फैलिएको एउटै देशको बारेमा सायदैलाई मात्र थाहा हुनुपर्छ । हामीले यहा दुई महादेशमा फैलिएर रहेका ६ वटा देशहरुका बारेमा जानकारी दिँदै छौ ।

यी हुन्  दुई महादेशमा फैलिएका ६ देशहरु

१.रुस
रुस एशिया र युरोप दुई महाद्विपमा फैलिएको छ । रुसको धेरैजसो भूभाग एशिया महादेशमा पर्छ । तर रुसको राजधानी मस्को युरोपमा पर्छ ।

२.जर्जिया

जर्जियाको केहि भाग पूर्वी युरोप तथा र केहि भाग एशिया महादेशमा पर्छ । सन् १९९१ सम्म यो देश सोवियत समाजवादी गणतन्त्रका रुपमा सोवियत संघको १५ गणतन्त्र राज्यहरुमध्ये एकमा पर्थ्यो ।

जर्जियाको सिमा उत्तरमा रुसदेखि पूर्वमा अजरबैजान , दक्षिणमा अर्मीनीया र तुर्किसँग जोडिएको छ । जर्जियाको थोरै भाग काकेशसको पहाडमा पनि पर्छ । यो पहाडको एक तर्फको भाग एशियामा पर्छ । साथै दोश्रो भाग युरोपमा पर्छ । यसलाई एशियाई देश मान्ने गरिन्छ ।

३.इन्डोनेशिया

इन्डोेनेशिया गणराज्य दक्षिण पूर्व एशिया स्थित हजारौँ द्विपको समूहमा छ । यो विश्वकै चौथो सबैभन्दा धेरै जनसंख्या भएको देश पनि हो । यहाँ धेरै मुस्लिम धर्मावलम्विका मानिसहरु बसोबास गर्ने गर्छन् । इन्डोनेशियाको राजधानी जकार्ता हो । देशको जमीनि सीमा पपुवा न्युगिनी हो साथै पूर्वमा यसको सिमनामा तिमोर तथा मलेशिया पर्छ ।

इन्डोनेशिया पनि दुई महाद्विपहरुमा पर्छ । इन्डोनेशियाको अधिकांश भाग एशियामा पर्छ भने यसकै एउटा द्विप पपुवा अष्ट्रेलियामा पर्छ । साथै पपुवा द्विपमा पपुवा न्युगिनी देश पनि छ ।

४. मिस्र

मिस्र विश्वकै सबैभन्दा पुरानो सभ्यतामा एक हो । यो पनि दुई महादेशमा पर्छ । मिस्रको धेरै भाग अफ्रिकामा पर्छ भने मिस्रको शहर र एक भाग एशियामा पर्छ । यो एउटा मात्र भाग हो जसको सिमा इजरायलसँग जोडिन्छ र जहाँ स्वेज नहर पनि छ ।

यसको क्षेत्रफल १० लाख १० हजार वर्गकिलोमिटर छ । यसको उत्तरमा भूमध्यसागर, पूर्व उत्तरमा गाजा पट्टी, पूर्वमा लाल सागर,दक्षिणमा सूडान तथा पश्चिममा लीबिया रहेको छ ।

५.काजिकिस्तान

काजिकिस्तान यूरेशियामा स्थित देश हो । क्षेत्रफलको आधारमा यो देश विश्वकै ९ औँ ठूलो देश पनि हो । सोवियत संघको देश भनेर पनि काजिकिस्तानलाई लिने गरिन्थ्यो । तर काजिकिस्तानले सन् १९९१ मा सोवियत संघको विघटन भएपछि आफैँले स्वतन्त्र भएको घोषणा गरेको थियो ।

यो देश पनि एशिया र युरोपमा फैलिएको छ । काजिकिस्तानको धेरै भूभाग भने एशियामै पर्छ ।

६. तुर्की

तुर्की पनि युरेशियामै अवस्थित छ । यो विश्वकै एउटामात्र मुस्लिम बहुमत भएको देश हो । यो धर्मनिरपेक्ष देश हो भने लोकतान्त्रिक गणराज्य पनि हो । यो देशको एशियामा पर्ने भागलाई अनातोलिया तथा युरोपमा पर्ने भागलाई थ्रेस भन्ने गरिन्छ । यसको सबैभन्दा ठूलो शहर इस्ताम्बुल हो । यो पनि एशिया महादेश युरोप महादेशमा पर्छ ।

तुर्कीको राजधानी अंकारा भने एशियामा रहेको छ । तुर्कीले युरोपेली संघको सदस्य बन्ने प्रयाश गरेको थियो । यो देशलाई युरोपको द्वार भनेर पनि चिन्ने गरिन्छ । यहाँको मुख्य भाषा तथा मातृभाषा तुकी नै हो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?