हालसम्मकै शक्तिशालि भूकम्प : कहाँ-कहिले गयो ? (विवरणसहित)

काठमाडौं । २०७२ साल वैशाख १२ गते नेपालमा भूकम्प गएको थियो । भूकम्पका कारण भौतिक संरचना भत्किँदा हजार भन्दा बढीमानिसको ज्यान गयो । हजारौँ घाईते भए । लाखौँ मानिस घरबारविहिन भए । सयौँ बस्ती स्थानान्तरण गरियो । जमिन भासिए । पानीका मुहानहरु सुके । ऐतिहासिक तथा पूरातात्विक भवनमा नराम्रो क्षति पुग्यो । अहिलेसम्म पनि ति क्षतिपछिका पूनर्निर्माण सम्पन्न भएको छैन । यी सबै कुरा थाहा पाउनुभएका तपाईलाई लाग्दैन कि विश्वमा कहिले कहाँ कसरी कति क्षति पुर्याएर भूकम्प गए होलान् ? भूकम्प के हो ? कति क्षति भयो होला ?

यसैबिच त्यस्तै विश्वमा सबैभन्दा धेरै क्षति पुर्याएका १० शक्तिशाली भूकम्पको बारेमा तयार पारेको एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

१) शेन्सी, चीन
सन् १५५६ जनावरी २३ मा चीनको शेन्सी शहरमा शक्तिशालि ८ (म्याग्नेच्युट) को भूकम्प गएको थियो । यो भूकम्प शानक्सीको प्रान्तको राजधानीमा आएको थियो । भूकम्पले क्षतिग्रस्त क्षेत्रको सबै घरहरू भत्किएको र अधिकांश शहरको पर्खालहरू भत्किएको थियो । उक्त भूकम्पमा ८ लाख ३० हजार जनाको मृत्यु भएको थियो ।

२) तान्शान, चीन
सन् १९७६ जुलाई २७, मा चीनको तान्शान शहरमा ७.५ म्याग्नेच्युट भूकम्प गएको थियो । भूकम्पमा परी ६ लाख ५५ हजार जनाको मृत्यु भएको थियो ।  चीनमा विगत चार शताब्दीमा गएको भूकम्प मध्य यो भूकम्पमा सबे भन्दा धेरै मान्छे मरेका थिए ।

३) अलेप्पो, सिरिया
सन् ११३८ अगस्ट ९ मा सिरियाको अलेप्पो शहरमा शक्तिशालि भूकम्प गएको थियो । भूकम्प कति म्याग्नेच्युट भने यकिनन् बताईएको छैन् । भूकम्पमा परी २ लाख ३० हजार मानिसको ज्यान गयो ।  भूकम्प सिरियाको दक्षिणी भागमा लगभग २२० माईलसम्म महसुस भएको बताइएको थियो । उत्तरी सिरिया र पश्चिमी टर्कीमा विनाशकारी क्षेत्रहरूमा अलेप्पो पहिलो भूकम्प हो।

४) सुमात्रा, इन्डोनेशिया
सन् २००४ डिसेम्बर २६मा इन्डोनेशियामा शक्तिशालि भूकम्प गएको थियो । उक्त भूकम्प ९.१ म्याग्नेच्युटको थियो । भूकम्पमा परी २ लाख २७ हजार ८ सय ९८ जनाको ज्यान गुमाएका थिए । यो १९०० पछि विश्वको ठूलो भूकम्प हो । भूकम्पले १.७ मिलियन मानिस विस्थापित भएका थिए ।

५) हाईटि
सन् २०१० जनावरी १२मा हैटिमा ७ म्याग्नेच्युटको भूकम्प गएको थियो । जसमा परी २ लाख २२ हजार ५ सय ७० जनाको मृत्यु भयो । ३ लाख भन्दा धेरै मानिस घाइते भएका थिए । १.३ मिलियन मानिस विस्थापित भएका थिए । ९७ हजार २ सय ९४ घरहरू भत्कीएका थिए ।

६) दम्हन, ईरान
८५६ डिसेम्बर २२ मा ईरानको दम्हनमा शक्तिशालि भूकम्प गएको थियो । उक्त भूकम्प कति म्याग्नेच्युटको थियो भन्ने मापन छैन । तर भूकम्पमा परी २ लाख जनाको मृत्यु भएको थियो । शहरको अधिकांश भाग ध्वस्त भएको थियो ।

७) हैयुआन निग्स्यिा चीन,
सन् १९२० डिसेम्बर १६ मा ७।८ म्याग्नेच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी २ लाख जनाको मृत्यु भएको थियो ।
यस भूकम्पले लिजुनबू (हैयुआन) ग्यान्यान्ची क्षेत्रमा पूर्ण विनाश ल्याएको थियो ।

८)अर्डबिल, ईरान,
८९३ मार्च २३ मा ईरानको अर्डबिलका गएको शक्तिशालि भूकम्पका परी १ लाख ५० हजार जनाको मृत्यु भएको थियो । उक्त भूकम्प कति म्याग्नेच्युट को हो भन्ने मापन छैन् । ३७ वर्ष पछि इरान फेरि ठूलो भूकम्पले गएको थियो । भूकम्पले देशको उत्तरपश्चिम भागको सब भन्दा ठूलो सहरलाई ध्वस्त पारेको थियो ।

९) कन्टो, जापान,
सन् १९२३ सेप्टेम्बर १मा जापानको कन्टोमा ७.९ म्याग्नेच्युटको भूकम्प गएको थियो । जसमा १ लाख ४२ हजार ८ सय जनाको मृत्यु भयो । यो भूकम्पले टोकियो- योकोहामा क्षेत्रमा अत्यधिक विनाश ल्याएको थियो ।

१०) अश्गाबत, तुर्कमेनिस्तान,
सन् १९४८ अक्टुबर ५ मा तुर्कमेनिस्तानको अश्गाबत शहरमा ७.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पमा १ लाख १० हजार जनाले ज्यान गुमाएका थिए । यो भूकम्पले अश्गाबत र वरपरका गाउँहरूमा अत्या धिक क्षति पुर्‍याएको थियो ।

एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस :

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : ९० सालको भूकम्पबारे जुद्धशमशेरले यसो भनेका थिए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?