विराटनगर । मोरङमा घाटमा लगेर जलाउन लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका ८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी शाहको शव जलाउन लागेको अवस्थामै प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रेमदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइती पक्षलाई खबर पुगेको थियो । घाँटीमा डाम देखेपछि माइती पक्षले प्रहरीलाई खबर गरेका थिए।
मृतक शाहको परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया