‘परिवर्तन’ का नाममा पछिल्लो जनआन्दोलनको लगत्तै खासगरी संक्रमणकालभरि बाहुन, क्षेत्री, ठकुरी, सन्यासी (दशनामी), कामी, सार्की, दमाई, घर्ती, गन्धर्भ र वादी जातिलाई ‘अन्य’ को संज्ञा दिएर अत्यन्त अपमान गर्ने दुस्साहस गरियो । यसको धङ्धङे (ह्याङ्ओभर) अझै पनि रहेको र यसभित्र राष्ट्र बिखण्डनको भयानक षड्यन्त्रले गुँड लगाएको कारणले उचित ध्यान पु¥याउँदै नीति प्रतिपादन गर्न सहज होस् भनेर यो आलेख तयार पारिएको हो । पहिले नै स्पष्ट पारौँ, यो आलेख कसैका विरुद्ध लक्षित छैन, वास्तविकतालाई यथारुपमा चिन्न सजिलो होस् भन्ने हेतुले हो ।
जनंख्याको दृष्टिकोणले हेर्दा पहिले ‘अन्य’ भनेर विविधमा राखिएका र आजकाल ‘खस/आर्य’ भन्न थालिएको यी जातजातिको संख्या ५१ प्रतिशतभन्दा बढी छ । ‘धर्मनिरपेक्ष नेपाल’ मा जाती र सम्प्रदायका नाममा यस्ता अनेक नाटक र रमिता हुँदै आए ।
तथ्याङ्क स्वयंले प्रमाण बोलेको बेला बाह«–सत्ताईस बकवासको कुनै अर्थ हुँदैन । २०६८ सालको जनगणनालाई एकपटक हेरौँ ।
नेपालमा क्षेत्रीको संख्या १६.६ प्रतिशत छ । अर्थात क्षेत्रीको जनसंख्या ४४ लाख छ । त्यसपछि पहाडी बाहुन्को संख्या आउँछ १२.२ प्रतिशत । पहाडी बाहुनको संख्या साडे ३२ लाख छ । खस आर्यमध्ये कामीको जनसंख्या पुग–नपुग ५ प्रतिशत छ र उनीहरूको संख्या करीब १३ लाख छ । भाषा, संस्कृति र परम्पराले बनाएको पहिचान हेर्दा दलितहरू पनि खस–आर्य परिवारका सदस्य भएका छन् । यी सबैको जन्म, मृत्यु, बिवाह आदि १६ संस्कार तथा पूजा र उपासना विधि वैदिक विधिमै पर्दछ । दशवटा थर भएकोले सन्यासीहरूलाई ‘दशनामी’ पनि भन्छन् । पुरी, गिरि, भारती, वन, आश्रम, तीर्थ, अरण्य, पर्वत, सागर र सरस्वती सन्यासीका दशवटा थर हुन् । भक्तपुर, सिन्धुपाल्चोकदेखि दोलखासम्मका गाउँहरूमा दशनामीहरूको बाक्लो बस्ती छ । दशनामीहरू पनि देशभरि नै छरिएर बसोबास गरिरहेका छन् ।
ब्राम्हण तथा क्षेत्री वर्णमा विभाजित प्रायः यी थरहरूका मानिसको बसोबास नेपालमा रहेको छ— अवस्थी, आचार्य, अधिकारी, अर्याल, आमगाईँ, उप्रेती, ओली, ओझा, बराहकोटी, बडाल, बस्ताकोटी, बस्नेत, बाझकोटा, बुर्लाकोटी, विष्ट, कार्की, काफ्ले, कैनी, खड्का, खरेल, खतिवडा, कोइराला, कण्डेल, कट्टेल, कालाखेती, कुँइकेल, खनाल, कटुवाल, गजुरेल, गैरे, गौडेल, गौतम, गुरागाईँ, गेलाल, ज्ञवाली, घिमिरे, घोरासैनी, चटौत, चालिसे, चौलागाईँ, चापागाईँ, जमरकटेल, जोशी, जैसी, डल्लाकोटी, डुम्रे, डोट्टेल, ढकाल, ढुङ्गेल, ढुङ्गाना, तिवारी, तिमल्सिना, तिम्सिना, त्रिपाठी, थपलिया, थापा, दाहाल, देवकोटा, निरौला, नेपाल, नेउपाने, पगेनी, पन्त, पराजुली, पाठक, पाण्डे, पुडासैनी, पोखरेल, पौडेल, प्याकुरेल, प्रसाईँ, फुयाँल, बजगाई, बराल, बडू, बन्जाडे, बाँस्तोला, बाँस्कोटा, बस्याल, बिडारी, भट्टराई, भट्ट, भण्डारी, भुर्तेल, भुसाल, भेटुवाल, मजगैयाँ, मिश्र, मरासिनी, महत, मैनाली, रिजाल, रिमाल, रिसाल, रेग्मी, रुचाल, रूपाखेती, लम्साल, लामिछाने, लुईँटेल, लोहनी, वाग्ले, संग्रौला, सञ्जेल÷सुञेल, सापकोटा, सिवाकोटी, सिटौला, सोडारी, सुवेदी, सेँढाईँ, हुमागाईँ, ज्ञवाली, आदि । ‘दलित’ समुदायभित्र परेकाहरूको धेरैजसो थर क्षेत्री–बाहुनका थरसँग मिल्दछन् । यहाँ छुटेका थरहरू तल यथास्थानमा आउनेछन् ।
खस–आर्य परिवारभित्र छुवाछुत र भातपानीका कुराले आपूmलाई कमजोर बनाइरहेको छ । हामीकहाँ छुवाछुत परम्परा र जन्मजात स्वतः ठूलो वा सानो जातको भईहाल्ने, तर त्यसको लागि कुनै ज्ञान र संस्कारको प्रयत्न नै गर्नुनपर्ने जुन विकृति छ, यो हाम्रा धर्मशास्त्रले सिकाउने विज्ञान, दर्शन, रीति, संस्कार र कलाको अन्तर्यभन्दा बिलकुल विपरीत छ । कथित ‘ठूलो जात’मा मात्र होइन, दलितभित्रै यो कुप्रथा रहेको छ । पोडेले पकाएको गाइनेले नखाने, गाईनेले पकाएको दमाईले नखाने, दमाईले पकाएको सार्कीले नखाने, सार्कीले पकाएको कामीले नखाने, कामीले पकाएको मगरले नखाने, मगरले पकाएको ठकुरीले नखाने, ठकुरीले पकाएको क्षेत्रीले नखाने, क्षेत्रीले पकाएको जैसी ब्राम्हणले नखाने, जैसी ब्राम्हणले पकाएको उपाध्याय ब्राम्हणले नखाने, बहिस्कारको यस्तो घृणित श्रृङ्खला हाम्रो सामाजिक प्रणाली र सद्भावका लागि अत्यन्त घातक रहिआएको छ र हाम्रा प्रगतिपथको तगारो बनेर रहेको छ ।
खसहरू आर्य भए पनि वैदिक आर्य होइनन् भनी दावी गर्छन् एकथरि मानिसहरू । तर वास्तविकता के छ भने नेपालमा वैदिक विधि अपनाउने खस–आर्य अधिकांश छन् भने तान्त्रिक विधि अपनाउनेहरू पनि छन् । खसहरू इसाको पाँचौँ शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए र बा¥हौँ शताब्दीको प्रारम्भतिर नागराजले जुम्लाको सिँजा उपत्यकामा खस साम्राज्यको राजधानी स्थापना समेत गरेका थिए । नागराजद्वारा स्थापित खस साम्राज्य पन्ध्रौँ शताब्दीको आरम्भसम्म करिब ३ सयवर्ष चलेको अर्थ लगाउँछन् गैरखस–आर्यहरू । ‘नेपालका खस जाति’ नामक अनुसन्धानात्मक पुस्तिकाका लेखक (संविधानविद्) विपिन अधिकारी सो पुस्तकमा लेख्छन्, “खसहरूको नेपालमा मूल थलो चाहिँ त्रिशुली नदीदेखि सिन्धु नदीबीचको क्षेत्र नै हो ।
…सामान्यतः खसहरूको मात्र बसोबास रहेको कारण कर्णाली प्रदेशलाई ‘खसान’ भन्ने चलन पनि छ । तर खसहरूले राजधानी बनाएको क्षेत्र ताक्लाकोट (भोट), दुल्लु र सिञ्जा हो । हाल ताक्लाकोट भोटमा पर्दछ ।”
विपीन अधिकारीको सोही पुस्तिकाअनुसार, “नेपालका आदिवासीहरूलाई कतिपयद्वारा ‘काशी गोत्र’ र ‘ल्हासा गोत्र’ मा विभाजन गर्ने गरिएको छ ।…..तर काशी भनेको ऋग्वेददेखि स्कन्दपुराणसम्म उल्लेख भएको हाल भारत उत्तरप्रदेशस्थित काशी होइन । यो काशी भनेको पश्चिम दक्षिण चीनको मरुभूमिबीच रहेको काशगर क्षेत्रलाई भनिएको हो । चिनिया भाषामा काशगरलाई काशी भनिन्छ । यसलाई एउटा मरुद्यान (ओएसिस) पनि भन्न सकिन्छ । खसहरूको अतित यसै क्षेत्रसँग जोडिएको छ ।”
केही विवादास्पद र अपुष्ट कुराहरूको आधारमै खसहरूबारे एउटा मान्यता बनाउनुपर्ने अवस्था छ । किनकि अनुसन्धाता र विद्वानहरूको मत्यैक्यता छैन । खासमा खसहरू ईसापूर्व प्रथम शताब्दीतिर बेविलोनबाट पश्चिम एशियामा प्रवेश गरी काश्मिरबाट पहाडको कछाडै–कछाड कुमाउँ, गढवाल हुँदै पश्चिम नेपाल छिरेका हुन् । यी जातिहरू घुमन्ते भएका कारण यिनीहरूको साँस्कृतिक भन्दा पनि खस साम्राज्यका सरकारी दर्जा र अधिनस्थ कर्णाली प्रदेशका गाउँहरूबाट खस जातिका थरहरू उत्पत्ती भएको भन्ने दावीलाई नकार्न सकिन्न ।
सरकारी दर्जाबाट उत्पत्ती भएका थरहरू— अधिकारी दराको हाकिम, कार्की राजश्व अधिकृत, भट्ट राज पुरोहित वा धर्माधिकारी, भण्डारी राजकीय कोषको प्रमुख, लेखक— लेखक, महत गाउँ प्रमुख वा मुखिया, रोकाया महतको सहयोगी, थापा, खड्का, राना, बुढा, बस्नेत सबै सैनिक दर्जा हुन् । कर्णाली प्रदेशका गाउँका नामबाट पनि थरहरू उत्पत्ति भएका छन् । धिता भन्ने ठाउँबाट धिताल थर, पाण्डुसेराबाट पाण्डे, सिञ्जाबाट सिँजापति, चैडिलागाउँबाट चौँलागाईँ, प्याकुरीबाट प्याकुरेल, सिम्खाडाबाट सिम्खडा आदि जुम्लाका ठाउँ र तिनबाट लिइएका थर हुन् ।
अछामको तिमिल्सैनबाट तिमिल्सिना, तिम्सिना, घमिराउँबाट घिमिरे, देवकोटबाट देवकोटा, ढुङ्ग्यानीबाट ढुङ्गाना, ढाँकुबाट ढकाल, बजगाउँबाट बजगाईँ, रिमाबाट रिमाल, रसाइली, स्वाँराबाट स्वाँर, घोडासैनबाट घोरासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमला, दर्नाबाट दर्नाल, कुइकाबाट कुँइकेल, चाल्साबाट चालिसे, बारलाबाट बराल, लमिसालबाट लम्साल भए । त्यसैगरी बझाङ्को रेगमबाट रेग्मी, सोतबाट सोती, खारबाट खरेल, खराल, सुवाडाबाट सुबेडा सुवेदी, बयानाबाट बनियाँ बानियाँ भए । बाजुराको जमकट्टीबाट जमरकट्टेल, छातीबाट छन्त्याल, बेलकाटेबाट बेलकाटिया, खातीवाडाबाट खाती भए । बैतडीको गाजरीबाट गजुरेल भए । डोटीको डोटेखोलाबाट डोटेल, निरौलीबाट निरौला, ओझानाबाट ओझा, बोगटानबाट बोगटी र मुडभराबाट मुडभरी भएका हुन् । मुगुको खनायाबाट खनाल, कालैगाउँबाट कल्यान, खत्याडबाट खतिवडा भए ।
दैलेखको लामाछान्नीबाट लामिछाने, बाँस्कोटबाट बास्कोटा, बाँस्तोलीबाट बास्तोला, सातलाबाट सत्याल, लुयाँटीबाट लुर्ईटेल, चापागाउँबाट चापागाईँ, नेपाबाट नेपाल, रिजुबाट रिजाल, पोखरबाट पोखरेल, लम्सुबाट लम्साल, लम्जीबाट लम्जेल, दहबाट दाहाल, दहाल, गैह«ाबाट गैह«े गैरे, भूर्तिबाट भूर्तेल, पराजुलबाट पराजुली, कोइरालीबाट कोइराला, दवाडाबाट दवाडी, कट्टीलबाट कट्टेल, भुसाकोटबाट भुसाल, सइयबाट सुञेल, बडबाट बडाल, मडासैनबाट मरासैनी, मरासिनी, गुरगाउँबाट गुरागाईँ भए । कालिकोटको खिट्किसेनबाट खिर्सिने, भुर्तोबाट भुर्तेल, राँचुबाट रुचाल, गेलाबाट गेलाल, बञ्जाडाबाट बञ्जाडे, बाँझकोटबाट बाझकोटा भए भने रुकुमको सर्पुकोटबाट सापकोटा भए ।
खस–आर्यहरूका बारेमा इतिहास लेखन र रोचक तथ्यहरूको आविष्कार हुन बाँकी नै छ । यिनीहरूको तीक्ष्णबुद्धि र उन्नत विचारप्रतिको इष्र्या र पूर्वाग्रहबाट पनि कतिपय तथ्य बङ्ग्याइएको पाइन्छ । चन्द्रमणि गौतम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया