काठमाडौँ । धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा हालिएको झोलुङ्गे पुलबाट एकै परिवारका ४ जनाले नदीमा हामफालेका छन् ।
बिहीबार साँझ ५ बजेतिर काठमाडौँको चन्द्रागिरी घर भएका विनय लामिछाने, उनको श्रीमती र दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरु त्रिशूली पुलबाट नदीमा हामफाले उनीहरुमध्ये बिनयलाई जिवितै उद्दार गर्न सकिएपछि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् ।
अहिले प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ । यसरी फाल हाल्नुको कारण खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया