काठमाडौँ । युएईको राजधानी आबुधावीमा बिहीबार एक भयानक दुर्घटना हुँदा ५ नेपालीले ज्यान गुमाए ।
दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । यद्यपि मृतकको पहिचान खुलिसकेको छैन । स्थानीय प्रहरीले घटनामा १८ जना घाइते भएको पनि जनाएको छ।
कसरी भयो दुर्घटना ?
आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा भन्ने स्थानको सडकमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटना लापरबाहीपूर्ण सवारी चलाउँदा हुन पुगेको प्रहरीको निष्कर्ष छ ।
आबुधावी प्रहरीले इन्स्टाग्राममार्फत जारी गरेको एक भिडियोमा दुई लरी (ट्रक) खतरा बत्तीका साथ सडकको दाहिने लेनमा देखिन्छ । जसको नजिकै अगाडि एक खोकिन खोजेको देखिन्छ ।
त्यतिनै बेला केही गाडी लरीलाई छल्दै तीब्र गतिमा अघि बढ्छन् । तर एक बस भने दोसा्रे लरीको पछाडि ठोक्किन पुग्छ ।
आबुधावीको यातायात अनुसन्धान विभागका प्रमुख मोहम्मद अब्दुल रहीम अल होसानीले दुर्घटनाको खबर पाउना साथ एम्बुलेन्स, उद्दार टोली घटनास्थल पुगेको जानकारी दिए । लगत्तै प्रहरीले घाइतेलाई अस्पताल लगेको थियो । घटनास्थलमै ५ जना मृत भेटिएको पनि प्रहरीले जनाएको छ।
आबुधावी प्रहरीका अनुसार दुर्घटनाका मुख्य कारण लरीको अगाडीका चालकको लापरबाही देखिन्छ । कार चालका कारण लरी चालक अलमलिए, लरी चालकले कारलाई बचाउन खोज्दा पछाडिबाट बस ठोक्किन पुग्यो । प्रहरीले घटनामा कार चालक र अन्य दाेषीमाथि कारबाही प्रक्रिया थालेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया