काठमाडौँ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण नेपालको पश्चिमी ,मध्य भूभागमा र पुर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ।
विभागका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
यस्तै रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको विभागले जनाएको छ ।
रहने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया