काठमाडौं । अन्तरिक्षमा धुमकेतु र उल्कापिण्ड एकआपसमा ठोक्किरहन्छन् । एकआपसमा ठोक्किएपछि त्यसबाट निस्किएका कणहरु पृथ्वीमा आउँने गर्छन् ।
धर्तीमा अहिलेसम्म यस्ता उल्कापिण्डका ११ कणहरु भेट्टाईएको छ । यिनीहरुको आयु सौर्यमणडलको भन्दा धेरै रहेको वैज्ञानिकहरुले बताएका छन् ।
उल्कापिण्डका यिनै टुक्राहरु अहिले साइन्स म्युजियमा राखिएका छन् । सिकागो स्थित फिल्ड म्युजियमका एसोसिएट क्युरेटर फिलिप हेकका अनुसार यो कणको आयुको अध्ययन गर्न २० लागेको थियो ।
उल्कापिण्डका कणहरु २ देखि ३० माइक्रोमिटरका छन् । यी कणहरु देख्नलाई माइक्रोस्कोपको आवस्यक पर्छ । हाम्रो धर्ती र सूर्य लगभग ४ सय ५४ करोड वर्ष पुरोनो हो ।
यी कणहरु २ सय ५० करोड वर्ष भन्दा पुरानो भएको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकका अनुसार यी कणहरु अष्ट्रेलियाको गड्ढामा पाइएको थियो ।
यो गड्ढा एक उल्कापिण्ड झरेपछि भएको थियो । यो कण अष्ट्रेलियाको बिक्टेरिया स्थित मर्चिसन कस्बेमा भेट्टिएको थियो । यी कणहरुको आयु लगभग ७ सय करोड वर्ष रहेको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया