चितवनमा पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ चिनियाँ पर्यटकसहित २४ जना घाइते

काठमाडौं । चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना अवस्था गम्भीर रहेको छ ।
भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन् ।

काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको घरमा ठोक्किन पुगेको थियो। ट्रकमा सवार दुई जना र घरमा रहेका एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?