काठमाडौं । शाही खानदानबाट अलग भएका प्रिन्स ह्यारी अहिले आफ्नै खुट्टामा उभिएर बाँच्न चाहान्छन् । अहिले उनी जागिरका लागि काम खोजिरहेका छन् ।
यसैबेला एक वर्गर कम्पनीले उनलाई जागिरका लागि बोलाएको छ । सामाजिक सञ्जालमा यो बारे अहिले धेरै चर्चा भएको छ । सामाजिक सञ्जालमा मानिसहरुले रमाईला कमेन्ट गरिरहेका छन् ।
राजमहलको मोज मस्तिलाई छोड्दै परिवारबाट टाढा भएका ह्यारीलाई लिएर कसैले भने आपत्ति जनाईराखेका छन् । कसैले ह्यारीको यो निर्णयप्रति सम्मान गरेका छन् भने कसैले बिरोध गरेका छन् ।
जागिर खोजिरहेका ह्यारीलाई अहिले बर्गर किंग नामक कम्पनीले जागिर दिने भन्दै ट्विटरमा पोस्ट गरेको छ । आफ्नो ट्विटर अकाउण्टमा कम्पनीले शाही परिवारलाई पार्ट टाइम जागिर दिन्छौँ भन्दै पोस्ट गरेको छ ।
शाही परिवारको सम्बन्ध वर्गर किंगसँग भएको भन्दै कम्पनीले जागिर दिने घोषणा गरेको हो । यो ट्विट कम्पनीको अर्जेन्टिनी ब्रान्चले गरेको छ ।
कम्पनीले यो ट्विट गर्दै ह्यारीले जागिर नखोजे पनि पाउँनुहुन्छ तर हामीले वहाँलाई बोलाउँछौ । यो ट्विटमा मानिसहरुले बिभिन्न कमेन्ट गरिरहेका छन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया