काठमाडौं । विमान स्थलमा प्रहरीसँग भएको लफडाको विषयलाई लिएर आस्था राउतले फेसबुक लाइभमा रुँदै माफी मागेकी छिन् । विमानस्थलमा राउतले आफुमाथि प्रहरीले दुर्व्यवहार गरेको दाबी पनि गरेकी छिन् ।
सीसीटीभी भिडियो फुटेज प्रहरीले बाहिर ल्याएपछि शुक्रबार दिउसो आस्था फेसबुक लाइभमा आएकी थिइन्। उनले आफूले आक्रोशित हुँदा बोलेका शब्दप्रति माफीसमेत मागेकी छिन् ।
यसअघि उनलै जारी गरेको भिडियो प्रयोग गरेको भाषा र शैलीलाई लिएर सामाजिक सञ्जालमासमेत चर्को आलोचना भइरहेको छ। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’लगायत अपशब्द प्रयोग गरेकी थिइन् ।
प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको हो। आफ्नो चित्त दुःखेको भन्दै उनी लाइभमा रोएकी हुन्। लाइभमा उनले भनेकी छिन् ‘मैले दुई चार शब्द बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु ’ तर, ममाथि दुर्व्यवहार भएकै हो।’
उनले ड्युटीमा रहेकी प्रहरीले सुरुमा ‘ज्याकेट खोल्नुहोस्’, दोस्रोपटक ‘ज्याकेट खोल’ फेरि ‘भनेको सुनिनस् ?’ भनेपछि आफू आक्रोशित भएको दाबी गरेकी हुन्। उनले प्रहरीले दुर्व्यवहार गरेको भन्दै मान्छे र ओहोदा हेरेर नबोल्न आग्रह गरेकी छन्। उनले आफूलाई चित्त दुःखेकाले त्यस्तो अभिव्यक्ति दिएको बताएकी छन्।
उनले आफ्नो प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा जबरजस्ती कफी ब्यागभित्र हाल्न खोजेका कारण आफूले संयम्मता गुमाएको उनले बताएकी छन्। उनले प्रहरीले सार्वजनिक गरेको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरेकी छन्। ‘ममाथि दुर्व्यवहार भएकै हो। मरेर जाने चोला हो यार। मैले किन झुट बोल्नु पर्यो ?’, उनले प्रश्न गर्दै भनिन्, ‘भगवान साक्षी छन्।
गायिका राउतले आफूले ८० प्रतिशत प्रहरीको बोली र व्यवहार जनताप्रति रुखो भएको बताएकी छन् ।
उनले भनेकी छन् ‘मेरो एग्रेसिभ रुप आयो। म मान्छु। मेरै ठाउँमा अर्को कोही भएको भए बबाल हुन्थ्यो होला। तर, मैले त्यो गरिन्। मैले लाइभमा अलिकति सम्यमता अपनाउन सक्थेँ। तर त्यो भएन ।’
उनले भनिन्, ‘म भन्छु मलाई दुर्व्यवहार भएको हो। आम मान्छेले भनेको भएर ममाथि आलोचना बढेको हो। सर्वसाधारण भएको भए सही भन्नुहुन्थ्यो होला। म कसैको मन दुःखेको भए माफी चाहन्छु।’
आस्था राउतको फेसबुक लाइभ हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया